लक्ष्मीमार्ग/मोरङमा पनि कोरोना (कोभिड–१९) भाइरस संक्रमण हुनेको संख्या बढ्ने सम्भावना भएसँगै  संक्रमण विस्तारको जोखिम भएको भन्दै लेेेटाङ नगरपालिकाले  नगर क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।
 
जेठ ९ गते राति १२ बजेदेखि १२ गते सोमबार मध्यरातिसम्म नगर क्षेत्र शिल गर्ने निर्णय भएको नगर प्रमुख शंकर राईले बताए । उक्त अवधिमा नगरका सबै नाकाहरू शिल गरी आउजाउमा प्रतिबन्ध लगाइनेछ । नगरभित्रका औषधि पसल, एम्बुलेन्स सेवा, अत्यावश्यक सेवाबाहेक अरू सञ्चालन गर्न रोक लगाइने नगरपालिकाले जनाएको छ ।
 
उद्योग, व्यापार, व्यवसाय, ढुवानी साधन, मासु पसल, होटल, तरकारी पसलजस्ता सबै खाले व्यवसायमा पूर्णरूपमा बन्द गरिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त अवधिमा नगर क्षेत्रभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ ।