मकवानपुर  / हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका विमारीको पीसीआर रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट आएको प्राप्त रिपोर्टमा नगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको आरडिटी टेस्टमा ४ जनाको पोजेटिभ आएको थियो । पुन परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट पिसिआर टेष्ट गरिएको हो । उनीहरुहरुलाई आइसोलेसनमा राखिएको छ ।