झापा । झापा अर्जुनधारा नगरपालिका –७ का केशव ढुङ्गेलले आफ्नो घरमा भाडामा बस्दै आएका ६ घर परिवारको एक महिनाको भाडा मिनाह गर्ने घोषणा गरेका छन् ।
ढुङ्गेलले घरको १३ वटा कोठामा वस्दै आएका ६ घर परिवारको भाडा नलिने घोषणा गरेका हुन् ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देश लकडाउनमा रहेको अवस्थामा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकालाई समस्या परेको भन्दै ढुङ्गेलले भाडा नलिने बताए । उनले ती ६ घरपरिवारको चैत्र महिनाको सम्पूर्ण भाडा नलिने जानकारी दिए ।
कोरोना भाइरसबाट यो समाचार तयार पार्दा समेत विश्वभर ९५ हजार ७ सय वढिको मृत्यु भइसकेको छ । त्यस्तै नेपालमा ९ जना संक्रमित रहेका छन् भने एक जना निको भई घर फर्किएका छन् ।