धनकुटा/धनकुटाका पत्रकारलाई समचार संकलन गर्ने कार्यमा रोक लगाएको विषयमा स्थानिय प्रशासनले वुधवार गल्ती स्विकारेको छ ।

वुधवार साँझ प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली र स्थानिय पत्रकारहरु विच एक आपसमा भएको छलफल पछि आगामी दिनमा पत्रकार र स्थानिय प्रशासन विच समन्वय गरेर जाने सहमती समेत भएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरे, उपाध्यक्ष नगेन्द्र राई लगायतका पत्रकारका टोली र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली विच सो विषयमा छलफल भएको थियो । छलफलको क्रममा स्थानिय प्रशासनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारलाई समचार संकलन गर्न रोक लगाएर गल्ती गरेको भन्दै स्विकार गरेको थियो । सो अवसरमा प्रजिअ विमलीले आगामी दिनमा समन्वय र सहकार्य गरेर अघि वढ्ने प्रतिवद्धता जनाएका छन् । विमलीले आफ्नो पत्रकारलाई समचार संकलन गर्न नदिने नियत नभएको तर प्रयाप्त समन्वयको अभाव भएको वताए ।

मंगलवार सुर्यवहादुर थापा प्रतिष्ठानले कोरोना भाईरस विरुद्ध लड्नको लागी प्रयोगमा ल्याईने स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पत्रकारलाई समचार संकलनमा स्थानिय प्रशासनले रोक लगाएको थियो । सो विषयमा सवत्र प्रशासनको आलोचना भए पछि दुवै पक्ष वसेर समहती भएको हो ।