आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ । शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ गरिने स्याहार र आहारमा भर पर्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ । आमाको दुधमा ल्याक्टोफोर्मिन, कार्बोहाइड्रेट, मिनरल्स, हर्मोन्स, एन्टिबायोटिक्स तथा लिम्फोसाइट्स पाइन्छ जसले बच्चामा रोग प्रतिरोधक क्षमता बढाउँछ । त्यसैले जन्मेदेखि नै आमाको पोसिलो दुध बच्चालाइ खुवाउनुपर्छ ।
स्तनपानका क्रममा गरिने सानातिना गल्तिले बच्चामा ठूलै संक्रमण हुनसक्छ । स्तनपान गराउने आसन नमिल्दा तथा स्तनपान गराउन नजान्दा कहिलेकाहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ । त्यसैले स्तनपान गराउने आमाले थुप्रै कुरामा ध्यान पुर्रुयाउनुपर्छ ।
बच्चालाइ स्तनपान गराउदा निम्न वैज्ञानिक आसनहरु अवलम्बन गर्न सकिन्छः
कार्डल होल्ड
यो पोजिसनमा दूध खुवाउँदा आमा ठाडो गरि कुर्ची वा खाटमा बस्ने र बच्चालाई आफूपट्टि फर्काएर आमाको पाखुराले बच्चाको टाउकोलाई आड दिएर राख्नुपर्छ ।
क्रस कार्डल होल्ड
यो पोजिसनमा बच्चाको टाउकाको पछाडि कानभन्दा अलि तल आमाको हात राखेर बच्चालाइ कार्डल होल्ड पोजिसनमा जस्तै राखी आफूतर्फ फर्काएर स्तनपान गराइन्छ ।
फुटबल होल्ड
यो पोजिसनमा पनि आमा ठाडो आसनमा बसिे बच्चालाइ जुन दुध खुवाउने हो त्यही साइडको पाखुरामुनि च्यापेर बच्चाको टाउको आफूपट्टि र खुट्टा आफ्नो पछाडिपट्टि फर्काएर स्तनपान गराइन्छ ।
लेइड ब्याकर
यो पोजिसनमा आमा आधा ढल्किएर बच्चालाई आफ्नो पेट वा पाखुराको आड दिएर स्तनपान गराइन्छ ।
आफूतर्फ पल्टिएर
आमा बच्चातर्फ पल्टिएर आफ्नो हात बच्चाको टाउकोमा र पाखुराको तल्लो भागले बच्चालाइ आफूतर्फ फर्काएर स्तनपान गराइन्छ । यसरी बस्दा आमालाइ पछाडिबाट तकिया वा अन्य केहीको सपोर्ट दिनुपर्दछ ।
स्तनपान गराउँदा आमाको खाली रहेको हातले आफ्नो स्तनलाई चित्रमा देखाएजस्तै “ऋ” अथवा “ख्” अथवा “ग्” होल्ड गरेर राख्नुपर्छ । साथै आमाले बच्चालाइ सजिलो हुनेगरि आफूतर्फ फर्काएर टाउको र ज्यानलाइ पछाडिबाट सपोर्ट दिनुपर्दछ ।

स्तनपान गराउँदा आमाले ध्यान दिनुपर्ने कुराहरु
स्तनलाई सधै सुख्खा राख्नुपर्छ ।
स्तनपान गराउनु अघि स्तन सफा गर्नुपर्छ ।
स्तनपान गराउदा माथि उल्लेखित आसनमा बस्नु पर्दछ ।
बच्चाले दुध नचुसेमा आमाले निचोरेर खुवाउनुपर्छ नत्र दुध गान्निएर पाक्न सक्छ दुध सेवनसंगै बच्चाले हावा पनि लिने हुँदा दुध सेवनपछि ढाडमा हल्का ढक्ढकाएर डकार गराउनु पर्छ । दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध सेवन गराउनु पर्छ ।
विभिन्न संक्रमण हुनसक्ने हुँदा सकभर बोतलको दुध खुवाउनु हुँदैन ।
बिनाहिच्किचाहट समय भएपछि सार्वजनिक स्थानमा पनि स्तनपान गराउनु पर्छ ।
स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुपर्छ ।
साथै बच्चालाइ समयमै सबै खोप लगाउनु पर्छ ।
६ महिनापछि बच्चालाई आमाको दुधका साथै अन्य पोषणयुक्त खानेकुरा जरुरत पर्ने हुँदा खाना, जाउलो, लगायत पोषणयुक्त खानेकुराहरु खुवाउनु पर्छ । एजेन्सी