हुन त रेड वाइनले मानिसलाई मुटुको रोगबाट छुटकारा दिलाउने कुरा धेरै वर्ष अघिदेखि मानिंदै आएको छ तर रक्सी त आखिर रक्सी हो । हो, मदिरा सेवनबाट टाढै बस्न रुचाउने मुटुका रोगीहरुका लागि एउटा नयाँ औषधिको खोजी गरिएको छ ।
एक नयाँ खोजबाट मुटुका रोगीहरुका लागि कालो अंगुरको रस (रेड वाइन) लाभदायक हुने निष्कर्ष निकालिएको छ । अमेरिकाको वाशिङ्टनस्थित जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरका शोधकर्ताहरुले कालो अंगुरको रसको प्रभावलाई प्लेटलेट्स नामको रक्त कोषिकामा प्रयोग गरेर उक्त निष्कर्ष निकालेका हुन् । प्लेटलेट्स नामको यो रक्त कोषिकाहरु एक–आपसमा टाँसिएर रगतलाई ढिक्का बनाइदिन्छन् र यसै ढिक्काका कारणले हर्ट एट्याक अर्थात् हृदयघातको पीडा हुन्छ ।
शोधकर्ताहरुले प्लेटलेट्सलाई कालो अंगुरको रसमा पाइने चमत्कारी जैविक रसायन फ्ल्यावोन्वाइड्सको कारणले यस्तो प्रभाव परेको शोधकर्ताहरुले बताएका छन् ।