धरान  /  बेलायती प्रधानमन्त्रीलाई आइसियुमा लगिए पछि कोरोना भाइरसको औषधीका लागि प्रयोगात्मक परिक्षण गरिरहेका अमेरिकी औषधी कम्पनीहरुलाई डोनाल्ड ट्रम्पले बोरिस जोनसनका डाक्टरहरुसँग सम्पर्क गरी आफनो सेवा प्रदान गर्नु भनेका छन् ।
साँझपख भएको पत्रकार सम्मेलनमा ट्रम्पले कम्पनी र औषधीको नाम उल्लेख नगरेतापनि सोमबार दिउँसो भएको सम्मेलनमा थेरापेटिक औषधी र अमेरिकी कम्पनीहरु आमजेन, जेनेटेक, गिलेड र रिजेनेरोनका प्रमुखको उपस्थितिमा सो कुरा उल्लेख गरेको बताइएको छ ।
ट्रम्पले मलेरियाको औषधी हाइड्रोसाइक्लोरोक्वीनसँग एन्टीबायोटिक ‘एजीथ्रोमाइसिन’ को संयोजन गरेर प्रयोग गर्न ट्रम्पले लगातार जोड दिइरहेको बताउँदै यो एउटा चमत्कार पनि हुनसक्ने कुरा बताइएको छ । तर उनका स्वास्थ्य अधिकारीहरु भने यो औषधीको संयोजन प्रभावकारी हुन्छ भन्ने कुनै प्रमाण नभएको बताएका छन् ।
‘मैले दुई प्रमुख कम्पनीहरुलाई भनेको छु ।' उनीहरु समाधानसहित आएका थिए र उनीहरुले भरखरै आश्यर्यजनक काम गरेका छन्, र मैले तत्काल लण्डनसँग सम्पर्क गर्नु भनेको छु । ’ ट्रम्पले भने ‘ साँच्ची नै उनीहरुसँग नौलो थेरापिटिक्स भएको...र उनीहरु लण्डन पनि आइपुगेका छन् । लण्डनलाई जे आवश्यक परे पनि हामी मद्दतगार हुनसक्ने छौं । हामीले बोरिसका डाक्टरहरुसँग सम्पर्क गरिरहेका छौं , र हामी के हुन्छ भन्ने कुरा हेरिरहेका छौं ।’
उनीहरुले त्यहाँ पुगेर डाक्टरहरुसँग मिटिङ्ग गरिसकेका छन् , र त्यो प्रकारले उनीहरु जान्छन् कि जाँदैनन् भन्ने कुरा हेरिरहेका छौं ’ ट्रम्पले थपे ‘ तपाई आइसियुमा हुनु ठूलै कुरा हो , त्यसकारण उनीहरु त्यहाँ आएका छन् र उनीहरु तयार छन् । ’
‘ जोनसनलाई आइसियुमा सारेको कुराले हामीलाई दुखी तुल्याएको छ , र हरेक अमेरिकीहरु उनको स्वास्थ्यलाभको काम गरिरहेका छन् ।’ उनले भने ‘ उनी साँच्चै असल मित्र हुन । उनमा सँधै विशेष कुराहरु देखिन्थ्यो: कठोर, दृढ , हार नखाने, हात नउठाउने ।’