धरान । कोरोनाबाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई आइसियुमा भर्ना गरिएको छ ।
अचानक स्वास्थ्य अवस्था खराब बनेपछि उनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिटको सघन उपचार कक्षमा भर्ना गरिएको हो । हिजो जोन्सनलाई कोरोना संक्रमणका कारण आइसोलेसनमा राखिएको थियो ।
अस्पताल भर्नाउनी होसमै भए पनि अवस्था खराब भए पछि आइसियुमा भर्ना गर्नु परेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । प्रम जोनसोनलाई ११ दिनअघि कोभिड १९ भएको पुष्टि भएको थियो । उनी होम आइसोलेसनमै रहेका थिए । आइतबार नियमित जाँचका लागि सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन् । यसअघि आफै जिम्मेवारी सम्हालिरहेका थिए ।