सिरहा । अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदीलाई रिहा गरेको छ ।

भीडका कारण कोभिड–१९ संक्रमण जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकी रहेका कैदीलाई छाड्न आदेश दिएपछि कैदीहरू छुटेका हुन् । ती कैदीहरूलाई कैद बरावर जरिवाना लिएर छाड्न सर्वोच्चले आदेश दिएका थियो । सोही आदेशअनुरूप सोमबार २१ जनालाई छोडेका हुन् ।

कारागारमा संक्रमण फैलिन सक्ने विषयलाई लिएर सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया पु¥याएर छाडिएको जेल प्रमुख बविता महतोले जानकारी दिइन् । क्षमताभन्दा धेरै कैदीबन्दी रहेकाले सिरहा कारागारमा पछिल्लो दिनमा आफन्तहरूसँगको भेटघाट बन्द गरिएको प्रमुख महतो जानकारी दिइन् । जहाँ पुरुष एक सय ३५ र महिला १५ सहित एक सय ५० कैदी बन्दीको क्षमता रहेको छ । तर, हाल ५ सय ६१ जना कैदीबन्दी रहेका थिए ।