धरान  / कोरोना भाइरस (कोभिड १९) बाट स्पेनकी राजकुमारीको मृत्यु भएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन् ।
उनी स्पेनको बोउरबोन पर्मा राजकीय परिवारकी सदस्य थिइन । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका छन् । उनको कुनै सन्तान नभएको बताइएको छ ।
स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर गएको छ ।  पछिल्लो अपडेट अनुसार स्पेनमा ७३,२३५ संक्रमित भएका छन् । ५, ९८२ को मृत्यस भइसकेको छ ।भने हालसम्म १२, २८५ जनाको उपचार सफल भएको छ ।