धरान  / हेलीको दिन करिव ५ बजे धरान–४ का अनन्त राईलाई आक्रमण गर्ने चारजलाई प्रहरीले सार्वजनिक गरेको छ ।
धरान उमनपा –१२ स्थित पब्लिक स्कुल मैदानमा इलेक्स भन्ने प्रकाश तामाङ समेतको समुहले पूर्व रिसइवी साध्ने उदेश्य राखी धरान ४ बस्ने वर्ष १८ को अनन्त राई र धरान १५ बस्ने वर्ष १९ को पेम्बा तामाङलाई खुकुरीले प्रहार गरी घाईते बनाएक थिए । हिजो प्रहरीले चक्कु प्रहार गरेको बताए पनि उनीहरुले खुकुरी प्रहयोग गरेको पाइएको छ ।
प््रक्राउ पर्नेमा । धरान वडा न। २ बस्ने बर्ष १९ को एलेक्स भन्ने प्रकाश तामाङ, बर्ष १९ को बरदान चौधरी, धरान ३ बस्ने बर्ष २० को लाप्साङ तामाङ र धरान १२ बस्ने बर्ष २० को रोहन भन्ने रोमन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीहरुलाई आजै जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घाइते राईको धरानस्थित वीपी कोइरालास्वास्थ्य विद्दान प्रतिष्ठानको डिआइसियु बेडमा भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।