संखुवासभा /  जिल्लाको मकालु गाउँपालिका वडा नं. ५ मुढेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरीसँगै आएको चट्याङ लागेर मकालु गाउँपालिका वडा नं. ५ का ५७ वर्षिय निमा शेर्पाको मृत्यु भएको छ ।
साँझ सांढे ६ बजे बर्षा र हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घरको आगानमा बसि रहेको बेला उनलाई चट्याङ लागेको हो । शेर्पाको शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम गरी शनिबार नै परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटना स्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।