ब्लाष्टखबर । घुसको बार्गेनिङ गरेको अडियो क्लिप बाहिरीएपछि  उक्त प्रकरणबारे कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । 

 सेक्युरिटी प्रेस खरिद प्रकृयामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको भन्दै एक अडियो क्लिप बाहिरीए पछि दुइ विच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा भएकाे हाे । 

कुराकानीमा उक्त अडियाे प्रकरणका बारेमा मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको  स्रोतले बताएकाे छ ।

बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् । उनी बिहीबार बिहान काठमाडौं फर्किँदैछन् ।