वराहक्षेत्र / महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका कृष्णदास भनिने कृष्णवहादुर गिरी प्रकरणले वराहक्षेत्र चतराधामको बेइज्जत भएको भन्दै, कृष्णदासको चतरास्थित रामानन्दाचार्य सेवा पीठका महासचिव भेषराज घिमिरेले संस्थावाट राजिनामा दिएका छन् ।
महासचिव घिमिरेले चतरामा विहिवार पत्रकार सम्मेलन गर्दै राजिनामा दिएको घोषणा गरे । पैसा र शक्तिको आडमा कृष्ण गिरीले प्रहरी हिरासत मुक्त भए पनि जगद्गुरु भन्ने रुचाउने कृष्णदासको घृणित कार्यले गर्दा, प्राचिन हरिद्वार चतराधाम वराहक्षेत्रवासीको, ईज्जत र गरिमामाथी ठेस पुगेका महासचिव घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
चतराधामलाई आर्युवेदिक विश्वविद्यालय, जडीबुटी प्रशोधन केन्द्र, बनाउने भने पनि रामान्दाचार्य सेवा पीठलाई कृष्णदासले अर्थ संकलनको थलो बनाईएको र उनी धार्मिक गुरु भन्दा बढि रिसाहा व्यापारी भएको विज्ञप्तीमा आरोप लगाइएको छ ।
आफु महासचिव भए पनि कुष्णदासल समितिलाई कुनै जानकारी नदिने र आर्थिक कारोबारको जिम्मा अविवाहित अपरिपक्व महिलालाई दिने गरिएको घिमिरेले बताए ।
स्थानिय भन्दा वाहिरी व्यक्तिहरुको दबदबा र एकाधिकार हुन थालेको सेवा पीठमा कुनै तर्क ग¥यो भने कृष्ण दासले हनुमानको श्रापलगाएर ध्वस्त बनाईदिने धम्की दिने गरेका उनले बताए । यस भन्दा अघि सचिव युवराज भट्टराईले सामाजिक सञ्जालमार्फत राजिनामा दिएका थिए ।