देउराली । ‘बैैक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि ” भन्ने मुल नाराका साथ २२ बर्ष देखी बैंकिङ सेवा दिदै आएको एन आई सी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा न्यु सुपर चमत्कारि निक्षेप योजना सार्वजनिक गरेको छ ।
बैंकले नेपाल पत्रकार महासंघ सुनसरी, धरानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफ्ना आम ग्राहकहरुलाई थप फाइदा पस्कदै उक्त निक्षेप योजना ल्याइएको जानकारी दिएको छ ।
विमा सुरक्षा योजना, प्रशासनिक शूल्कमा विशेष छुट, नि शुल्क होम बैंकिङ देश भरका कुनै पनि बैंकका कुनैपनि एटिएम मार्फत रकमा झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारीक फाइदाहरु योजनामा रहेको बताइएको छ ।

न्यु सुपर चमत्कारि निक्षेप योजना अन्र्तगत बचतकर्ताहरुलाई आफू अनुकुल हुने गरी इच्छाइएको रकम बचत गर्नका लागी सिल्भर, गोल्ड डाइमण्ड गरी तिन श्रेणिका योजनाहरु न्यु सुपर चमत्कारि खातामा प्रत गर्न सकिने सम्मेलनमा बैंकका उप–प्रदेशीक कार्यलय प्रमुख दिवाकर भट्टराईले बताएका छन् ।

यस योजना अन्तर्गत खाता खोल्न बचत कर्ताले २१ लाख सम्मको वीमा सुविधा पाउने बताइएको छ, जसमा खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भउका १० लाख, १८ घातक रोगहरुकोलागी १० लाख र बहिरंग उपचारमा २० हजार सम्म तथा अस्पताल भर्ना बापत ८० हजार सम्मको बीमा सुविधा प्राप्त गर्ने बताईएको छ ।

तिनै श्रेणिका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएपनि डायमण्ड श्रेणिमा भने अति विशिष्ट सुविधाका रुपमा खातामा २० हजार भन्दा बढि रकमलाई १० हजारले गुणन गर्ने गरी ३ महिनाको मुद्दती खातामा स्वतः रकमान्तर गरी सो रकममा ९.७५ प्रतिसतका दरले व्याज प्रदान गर्ने विषशेष आर्कषणको रुपमा स्विप इन, स्विप आउट सुविधा रहको भट्टराईले जानकारी गराका छन् ।

त्यस्तै बचत खाताबाट हरेक महिना निक्षेप खातामा रकमान्तर गरी बचतकर्ताहरुले मासिक निक्षेप खाताबाट ९.७५ प्रतिसतका दरले व्याज प्रापत र्गन सकीने बताइएको छ, भने निःशुल्क डिम्याट खाता, निःशुल्क ई–कमर्श एक्टिभेषन, निःशुल्क लकर सुविधा, अनलाइ मुद्दती खाता, निःशुल्क क्रेडिटकार्ड सुविधा यस योजना अन्तरगत प्रप्त गर्न सकीने बताइएको छ ।

न्यु सुपर चमत्कारि निक्षेप योजना अन्तरगत न्यू सुपर चमत्कारी बचत खाता, न्यू सुपर चमत्कारी नारी बचत खाता, न्यू सुपर चमत्कारीक जेष्ठ नागरीक बचत खाता लगायत ११ प्रकारका खाताहरुको सुविधा रहेको हुनाले यस योजनाले मानिसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्दै बचतको उचित प्रतिफल दिने भट्टराईले बताउका छन् ।