वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको चतरा सामुदायिक वहुउद्देश्यीय सहकारीको संस्थाको २२ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

वडा नम्बर २ स्थित संस्थाको भवनमा मंगलवार गरिएको कार्यक्रममा ४१ जनाले रक्तदान गरे भने २ सय १२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

नेपाल रेडक्रस सोसाईटी धरान शाखा वाट शाखा प्रमुख सोम भण्डारी तथा प्राविधिकद्वय राम नारायण र ईन्द्र नारायण यादवको समुहले विहान साढे ९ वजे देखि मध्यान्ह १ वजे सम्म गरिएको रक्तदानमा २९ जन पुरुष १२ जना महिलाले रगत दान गर्नुभएको, चतरा सहकारीका व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए ।

यसैगरी धरानको स्र्पाक पाइभ अस्पतालका ४ जना डाक्टरहरुले नशा ,हाडजोर्नी र प्यारालाइसिसको २ सय १२ जनाको सांझ सम्म परिक्षण गरेका थिए ।