झापा । झापा बिर्तामोडको सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यको १० लाख रुपैयाँसम्मको निःशुल्क विमा गर्ने भएको छ ।
संस्थाले मृत्यु राहत, सुत्केरी राहत, शेयर सदस्यका छोराछोरीलाई उत्कृष्टताको अधारमा छात्रवृत्तिसहित सदस्यको एकदेखि १० लाख रुपैयाँसम्मको विमा गरिदिने भएको संस्थाका सचिव कमल पराजुलीले जानकारी दिए ।

उनले संस्थाको सोमवार बिर्तामोडमा भएको १३ औं वार्षिक सधारसभाको अवसरमा संस्थामा ५ हजार भन्दावढि शेयर रकम हुने सदस्यलाई निशुल्क विमा गरिदिने बताए ।
संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष गंगाराम ओडारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७५/७६ सम्ममा संस्थामा ३ हजार ६ सय १५ जना शेयर सदस्य रहेका छन् । शेयरपुँजी एक करोड ४५ लाख २५ हजार ७ सय रुपैयाँ रहेको संस्थाले वार्षिक कारोवार ३७ करोड ७२ लाख गर्न सफल भएको छ । संस्थाले १२ लाख रुपैयाँ नाफा गरेको छ । साधारणसभाका क्रममा असल बचतकर्ता र असल ऋणिसहित एकदर्जनलाई सम्मान गरेको थियो ।

स्वागत संस्थाका उपाध्यक्ष सिता थापाले गरेको कार्यक्रममा बचत तथा ऋण सहकारीका सहसचिव उपेन्द्रप्रसाद ओली, अरनिको सहकारीका अध्यक्ष रोहितकुमार भट्टराई, गरामनी कृषि सहकारीका अध्यक्ष ताराप्रसाद चापागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।