लक्ष्मीमार्ग ।  सन २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ जनवरी १ देखि शुरु भएको नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ ।

बेलबारीमा रहेको ड्रिमल्याण्ड फनपार्कको संयोजन र नेपाल भ्रमण बर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रर्बद्धन समितिको आयोजनामा प्रदेश १ का उद्योग,पर्यटन,बन तथा बाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । मन्त्री कुसियैतले प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने र प्रदेश १ मा प्रशस्त पर्यटकीय सम्भावना रहेको कारण भ्रमण सफल हुने बिश्वास व्यक्त गरे ।

बिभिन्न झाँकी सहित नृत्यहरु समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा बेलबारीमा पर्यटकीय सम्भावना बोकेका बिभिन्न स्थानहरुको बारेमा मन्त्री लगायत उपस्थितलाई जानकारी गराईको फनपार्कका सञ्चालक समेत रहेका प्रदेशस्तरीय पर्यटन प्रर्बद्धन समितिको प्रचार उपसमितिका सदस्य बिजय सुवेदीले बताए ।