Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • उखुखेतीप्रति किसानको आकर्षण घट्दो

उखुखेतीप्रति किसानको आकर्षण घट्दो

alt
  • पुस २०, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो । जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो । यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपालि सात हजार बिघामा झरेको छ ।

गत वर्ष ११ हजार बिघामा उखु खेती थियो । अहिले तयार भएको सात हजार बिघामध्ये चार हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु छ । खुट्टी उखु काटेपछि त्यसमा अन्य बाली लगाइने भएकाले आउने वर्षमा स्वात्तै घट्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउ छन् । यसपालि नयाँ उखु खेती गर्ने किसान खासै नदेखिएका हुँदा अर्को वर्षका लागि अहिले मुडन (पहिलो वर्षको उखु) रहेको दुई हजार ५०० बिघाको खुट्टी उखु रहनेछ ।

वर्षमा एकपटक मात्र उत्पादन लिइने उखुखेतीमा निकै मिहिनेत र लगानी लगाउनुपर्ने र भुक्तानीमा भने चिनी उद्योगले वर्षौं झुलाउने भएपछि किसानले बाध्य भएर उखुखेती छाड्दै जानुपरेको कुशवाहाको भनाइ छ । महोत्तरीमा मात्र नभएर वरपरका जिल्लामा पनि उखुखेती घट्दै गएपछि यस भेगमा स्थापित र सञ्चालित चिनी उद्योगलाई आगामी वर्षहरुम कच्चा पदार्थको अभाव हुने निश्चित छ । “हामी त खेतको उखुमात्र नभई उद्योग पनि हाम्रै हो भन्थ्यौँ, उद्योगलाई बुझाइएको उखुको मूल्य छ महिनाभित्र पाउँदासम्म दङ्ग नै हुन्थ्यौँ,” जिल्लाकै गौशाला नगरपालिका–१ रामनगर (एभरेष्ट चिनी उद्योग) रहेकै बस्ती का किसान धनलाल शाशङ्रले भने , “उद्योगले किसानलाई भुक्तानीमा वर्षाैं झेलाउन थाल्यो ।

अब त बाहिरबाट उखु ल्याउँदा नगदै कारोबार गर्नु पर्ला नि !” उखुखेती घटेसँगै उद्योग खस्कने चिन्ता आफूहरुलाई रहेको शाशङ्कर बताउ छन् । विश्वासिलो वातावरण सरकारले बनाउनसके सरकारकै विश्वासमा किसान फेरि उखुखेतीमा फर्कनसक्ने सम्भावना भने रहेको जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउ छन् । उद्योग धराशयी बन्दा धेरैको रोजगारी गुम्नसक्ने देखिन्छ । जिल्लामा उखुखेतीलाई फेरि जगाउन किसानलाई समयमा बीउमल, खेतीखर्चबापत सहुलियत ऋण, मङ्सिर तेस्रो साताको प्रारम्भमै उखु क्रसिङ खोल्ने व्यवस्था र पहिले नै कबुलियत गरेर मूल्य निर्धारण तथा भुक्तानीको अवधि तोकिए जिल्लामा उखुखेती फेरि फस्टाउन सक्ने किसानको भनाइ छ ।

सम्बन्धित समाचार
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी

भद्रपुर । झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भ ...

वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ

नेपालले हवाई उड्डयन पूर्वाधारमा ठूलो लगानी गरी अन्तर्राष्ट्रिय विमानस्थलहरु ...

आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक २५ गते मङ्गलबा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
होटलमा लगेर मुख्यमन्त्रीको सपथ, विपक्षीद्वारा प्रदर्शन र तोडफोड
झापा महिला गोल्डकपः नेपाल पुलिस क्लब विजयी
वैकल्पिक विमानस्थल प्रयोग गर्ने वातावरण बनाऊ
आजको राशिफलः २०८२ साल कात्तिक२५ गते मङ्गलबार
दुव्र्यसनबाट बचाउन सीमाका विद्यालयमा एपीएफको कक्षा
जिल्ला फुटबलको उपाधि ज्वालामुखी र प्रभातलाई
बाल सुधार गृहमा आतङ्क मच्चाउने ६० जनालाई सारिँदै
एजेन्टकै मिलेमतोमा साढे ६ लाख राजस्व छली
कुटपिटबाट मृत्युपछि सञ्चालकसहित नौ पक्राउ
इटहरीमा ‘नामी भिगो’ कार सार्वजनिक
कटहरी रेलमार्गमा नयाँ आशा
आजको राशिफलः २०८२ साल कात्तिक २४ गते सोमबार
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved