सन्तवीर लामा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले धनकुटा नगरपालिका क्षेत्र एवोकार्डोको पकेट क्षत्रको रुपमा स्थापित भएकाले यस्लाई आधुनिकिकरण गर्न एवोकार्डोको सुरपरजोन स्थापना गर्न पहल भैरहेको बताएका छन् ।

लघुविमा सम्वन्धि देशव्यापी अभिमुखीकरण कार्यक्रमको सनिवार धनकुटाको हिलेमा उद्धघाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सरोकारवालाहरुलाई सम्वोधन गर्दै यस्तो वताएका हुन् । सो अवसरमा उनले धनकुटा नगरपालिका क्षेत्र एबोकार्डोको पकेट क्षेत्रको रुपमा स्थापना भई विगत केही वर्ष देखी एबोकार्डोको उत्पादान राम्रोसंग भैरहेकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत सुपरजोन स्थापना गर्ने वताए । उनले धनकुटा नगरपालिका क्षेत्रलाई एबोकार्डोको सुपरजोनको रुपमा कार्यक्रम अघि वढाउन कृषि ज्ञान केन्द्र धनकुटा र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई सो अवसरमा आग्रह गरेका छन् ।

नगर प्रमुख तामाङले एबोकार्डो उत्पादन गरेर मात्र नहुने यस्को वजारिकरण, प्रशोधन र राम्रो व्राण्डिङ गरेर अन्तराष्ट्रिय वजारसम्म लानको लागी एबोकार्डोको सुपरजोन मार्फत काम गर्नु पर्ने औल्याएका छन् । उनले धनकुटा नगरपालिका क्षेत्रका किसानलाई आत्मनिर्भर वनाउन कृषि क्षेत्रमा फलफूल, तरकारी, पशुपालन, मासु व्यावसाय मार्फत आतमनिर्भर वनाउन लघुविमा कार्यक्रमले थप टेवा पु¥याउने धारणा राखे । यहाँका अधिकांश किसानले आफ्नो कृषि वा पशुपालन व्यावसायकलाई व्यावसायिक रुपमा टिकाउन विमाको आवश्याक्ता महशुस गरिहेको अवस्थामा लघुविमा कार्यक्रम आएकोले यो कार्यक्रमले थप प्रभावकारी हुने प्रमुख तामाङले वताए । कृषि, पशुपालन व्यावसायमा सरकारले ७५ प्रतिसतसम्म विमाको लागी अनुदान दिने भएकाले लघुविमा गर्न नगर क्षेत्रका सवै किसान दाजुभाईहरुलाई आग्रह गरेका छन् ।

उनले मौसमको कारण किसानको वालीनालीमा नष्ट हुँदा क्षतिपुर्ति दिने निकाय थिएन, तर अव ओरेन्टल विमा कम्पनीले गर्ने भएकोले विमाको लागी नाम मात्रको नभै प्रभावकारी रुपले धनकुटा नगरपालिका क्षेत्रमा संचालन गर्न आग्रह गरे । तामाङ नगरको १० वटै वडामा प्रभावकारी ढंगले कार्यन्वय गर्न विमा कम्पनीको कर्मचारीहरु तत्काल खटाई दिन पनि आग्रह गरे । उनले धनुकटा नगरपालिका क्षेत्रमा १३ हजार भन्दा वढी गाई, भैसीहरु विमामा सचिकृत भएका छन् तर यो अत्यन्त्यै न्यून संख्या रहेको औल्याएका छन् । त्यसैगरी धनकुटा नगरपापालिका वडा नं.९ लाई आँपको पकेट क्षेत्र वनाउन पनि नगरपालिका लागी परेको वताएका छन् ।

सो अवसरमा ओरेण्टल विमा कम्पनीको प्रदेश नं.१ का माकेटिङ इन्चार्ज प्रदिपबाबु तिवारीले ओरेण्टल विमा कम्पनी भारतिय विमा कम्पनी भएको र नेपालमा वि.सं.२०२४ सालमा स्थापना भएको वताए । सो अवसरमा वोल्दै तिवारीले नेपालको ७७ वटा जिल्लामा २० वटा विमा कम्पनीहरुले काम गरिहेको वताउँदै ओरेण्टल विमा कम्पनीले भने तेह्रथुम, धनकुटा, सुनसरी र सप्तरीमा लघुविमा सम्वन्धि काम गरिरहेको वताए । साथै उनले लघुविमा के हो ? यस्को स्कोप के छ र कसरी लघुविमा गरिन्छ आदीका वारेमा सहजीकरण गरेका थिए । विमा कम्पनीले हालसम्म ग्राहस्थ विमा, दुर्घटना विमा, ट्रान्जीट विमा, अग्नी विमा, कृषक दाजुभाईहरुको लागी लघुविमा लगायतमा काम गरिहेको स्पष्ट पारे ।

ओरेण्टल विमा कम्पनीका प्रमुख मानवहादुर ढकालको अध्यक्षतामा सम्पन्न देशव्यापी लघुविमा सम्वन्धि कभिमुखीकरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपाल सहित जिल्लाका साथै तहका प्रमुख एवं उप–प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, जिल्लाका विभिन्न स्थानिय तहवाट प्रतिनिधिमुलक ढंगले किसान दाजूभाई तथा दिदिवहिनीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विमा कम्पनी १ नम्वर प्रदेशका प्रतिनिधि गणेश श्रेष्ठले गरेका थिए भने स्वगात मन्तव्य नेपाल विम संघका प्रतिनिधि सविना श्रेष्ठले व्यक्त गरेका थिए ।