देउराली । प्रदेश १ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले तीन दिने धरान महोत्सवको औपचारिक उद्घाटन गरेका छन् । नेवारी समुदायकाे धिमे बाजाका साथमा  समारोहका प्रमुख अतिथि समेत रहेकाे सभामुख भण्डारीले दिप प्रज्वलन गरेर महोत्सवको औपचारिक उद्घाटन भएको थियो ।

उद्घाटन पूर्व, धरानका विभिन्न  जातीय, धार्म, सम्प्रदायका साथै संघसंस्था तथा शैक्षिक संस्थाहरुले मौलिक साँस्कृतिक झाँकी प्रर्दशनी गर्दै वृहत र्याली निकालिएकाे थियाे । र्याली छाताचोक, भानुचोक हुदै पुनः पब्लिक उच्चमाविको दक्षिणी गेटबाट मैदानमा प्रवेश गरेको थियो । 

उद्घाटन पश्च्यात सभामुख भण्डारीले धरानमा रहेकाे संस्कृतीक विविधतालाई बजारीकरण गर्न आवश्यक भएको बताएका छन् ।  

समारोहमा धरानका मेयर तिलक राईले राज्यले मनाउन गइरहेकाे भ्रमण बर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गरिएको बताएका छन् । 

81520102_589775671807799_1932550741340192768_n 81453957_589776928474340_4418343925249474560_o 81702240_589777321807634_2739547561223258112_o