ब्लाष्टखबर । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी किसानलाई भुक्तानी नदिने उद्योगीलाई तत्काल खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ ।

प्रवक्ता केदारनाथ शर्माका अनुसार  मन्त्रालयले अन्नपूर्ण सुगर इन्ड्रस्ट्रिज र इन्दिरा सुगर मिल्सका सञ्चालक राकेश अग्रवाललाई तत्काल सम्पर्कमा ल्याउन सहयोग गर्न पत्राचार गरेको हाे ।

उद्योगीहरुले उखु खरिद गरेको भुक्तानी नदिएको भन्दै किसानहरु काठमाडौंको माइतीघरमा दैनिक प्रदर्शन गरिरहेका छन् । पत्रमा उखुको भुक्तानी के कति लिनु दिनु बाँकी छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने भएकाले उपस्थित गराइदिन भनिएको छ ।