धरान/ एलजी ब्राण्डले नेपालभरि रोड शो कार्यक्रम शुरु भएकाें छ ।

एलजीबाट उत्पादित सामग्रीहरू राखेर ‘प्रदर्शनी शो’ गरिरहेको हो । एलजीले वासिङ मेसिन, टिभी, र एसीलाई रोड शोमा प्रदर्शन गरिरहेको छ ।

उपत्यकाको भक्तपुरबाट शुरु भएको रोड शो बाग्लुङ, पोखरा, महेन्द्रनगर, नारायणघाट हुँदै काँकडभिट्टासम्म पुग्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । रोड शोमा मुख्य गरी एलजीको वासिङ मेसिनलाई ‘डेमो प्रदर्शन’ गरिएको छ ।

एलजीको ८ केजीको वासर ड्रायर वासिङ मेसिनलाई डेमोका रूपमा राखिएको छ । रोड शोमा वासिङ मेसिनका फाइदालगायतका बारेमा जानकारी दिइने भएको छ । एलजीलाई नेपालमा चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालिले बिक्री गर्दै आएको छ ।