भद्रपुर / भ्रमण बर्ष २०२० लाइ सफल बनाउन भद्रपुर नगरपालिकाले आइतबार सरोकारवालाहरुसँग छलफल गरेको छ । भद्रपुर क्षेत्रमा रहेका पर्यटकीय स्थल,भौतिक संरचना,पुरातात्विक स्थल,सन्थाल बस्ती ,एयरपोर्ट लगायतका क्षेत्रहरु भएकोले प्रचार प्रसार मत्वपूर्ण रहेको छलफलको विषय बनेको थियो ।

बाहिरी देशबाट आउने पर्यटकलाइ भद्रपुरमा नै घुम्ने वातावरण नीजि क्षेत्रले गर्ने र त्यसको सहजीकरण स्थानीय तहले गर्ने उल्लेख गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठले नेपालको कूल गाह्र्यस्थमध्ये २ दशमलव ६ प्रतिशत पर्यकटकीय क्षेत्र रहेकोले यसलाइ बढाउन जोड दिए ।

वार्षिक १० लाख पर्यटक १३ दिनका लागि नेपाल आउने र उनीहरुले गर्ने प्रतिदिन खर्च १४ डलर भएकोले यो न्यून भएको बताए । भद्रपुरले पर्यटनको लागि गुरु योजना तयार पारी केही स्थानहरुमा काम समेत शुरु भएको जानकारी गराएका थिए ।

नगरप्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवसायी,ट्राभल्स सङ्घ, होटल व्यवसायी, सुरक्षा निकाय,सञ्चारकर्मी लगायतको सहभागिता भएपनि उपस्थिती न्यून रहेको थियो ।