वराहक्षेत्र/ वराहक्षेत्रको औलिया बाबा बचत तथा ऋण सहकारी संस्थाले करिब सँवा ३ करोड रुपैंयाको बचत सङ्कलन गदै साढे १ करोड बराबरको ऋण लगानी र असुली गरेको छ ।

संस्थाको शनिबार आयोजित १० औं वार्षिक साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रमेश कुमार विष्टले आर्थिक वर्ष २०७५/७६ मा औलियाको निक्षेप सङ्कलन ३ करोड ११ लाख ८८ हजार ९ सय २९ रुपैंया रहेको बताए । १ करोड ३७ लाख ५९ हजार ९३ रुपैंया ऋण लगानी र १ करोड ३८ लाख ८६ हजार ८ सय ६८ रुपैंयाको ऋण असुली गरेको छ भने १ कराेड ४४ लाख ५७ हजार ५४ रुपैंया ह्ण असुल हुन बाँकी रहेको विष्टले जानकारी दिए ।

ऋणमा गरिएको लगानी वाट २ लाख १२ हजार ७ सय ५४ रुपैंया ९४ पैंसा मुनाफा भएको भन्दै उनले प्रभु,बैंक अफ काठमान्डौ, राष्ट्रिय सहकारी, मितेरी र सेन्चुरी बैंकमा १५ लाख २३ हजार १ सय १५ रुपैंया ६३ पैंसा मौज्दात रहेको र विभिन्न ७ सहकारी संस्थाहरुमा १ लाख १३ हजार ८ सय २९ रुपैंया ३६ पैंसा लगानी गरिएको जानकारी दिए ।

शेयर सदस्यहरुको आय आर्जन व्यापार व्यवसाय र कृषिमा पनि लगानी गरिने भन्दै अध्यक्ष विष्टले व्यापार कर्जा मा ७०, कृषिमा २० प्रतिशत र हायर पर्चेज (सवारी साधनको खरिद) मा १० प्रतिशत पुजि लगानी गरिने जानकारी दिए । भने लगानि गरिने ऋणको व्याजदर १५ देखि १६ प्रतिशत रहने उनले बताए ।

संस्थाले पूर्व अध्यक्ष रमेश कुमार विष्ट लगायत अधिकांश पुरानै सदस्य रहने गरि निर्विरोध ९ सदस्य सञ्चालक समिति पुर्न गठन गरेको छ । समितिको उपाध्यक्षमा सोमराज – दिपेश) बस्नेत,सदस्यहरु ईश्वरभगत श्रेष्ट, कृष्ण प्रसाद कट्टेल, राजु कार्की,पुष्पदिप पौडेल,कल्पना शाक्य, दिलु श्रेष्ट, सरिता विष्ट खड्का र लेखा संयोजकमा शान्तिराम खतिवडा रहेको, अध्यक्ष रमेशकुमार विष्टले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईटहरी उपमहानगरपालिका सहकारी विभाग प्रमुख सुमन पौडेलले,सहकारी सस्थाहरुले आय व्यय नापा नोकसान भन्दा पनि शेयरसदस्यहरुको आर्थिक उन्नतीको लागि आयमुलक योजनाहरु ल्याउनु पर्ने बताए । उनीहरुको प्रतिव्यक्ति आय बढाउन सशक्तिकरणको लागि संस्थाहरुको ध्यान जानु आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा दिवंगत शेयर सदस्यद्वय दल वहादुर पौडेल र अमर श्रेष्ट , उत्कृष्ठ विद्यार्थी प्रिती साह,असल ऋणी प्रिती राई र सुजन श्रेष्ठ लाई सम्मान गरिएको थियो । भने ऋण नतिर्ने १९ जना सदस्यहरुको नाम सार्वजानिक गरिएको थियो । स्थानिय औलिया मठमा ,रमेश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व सचिव डम्बर सिग्देलले गरेका थिए ।