विराटनगर । कियाको मिड–एसयुभीसेल्टोस विराटनगरगरको बजारमा पनि आएको छ । नेपालका लागि कियागाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विरानगरस्थित डिलर केशरी चन्द भँवरलालमार्फत विराटनगरमा सेल्टोस भित्र्याएको हो ।

बरगाछी स्थित केसरीचन्द भँवरलालको सोरुममा शुक्रबार एक कार्यक्रम आयोजना गरी सेल्टोस अनावरण गरिएको छ । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट सोरुममा रहेको छ ।

सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन भई नेपाल भित्रने पहिलो गाडी हो । यस अघि कियाका गाडीहरु कोरियाबाटै आयात हुने गरेको छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।

सेल्टोस भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याकएलइडीलाइट, एअर प्युरिफायर, डी–कटस्टेरिङ, युभीग्लास जस्ता विशेषता छन् । हुन्डाईको क्रेटा, निसानको किक्स, जिपकम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ ।