यासोक / पाँचथरको कुम्मायक–१ ले पानी संकलनका लागि नागरिकलाई ड्रम बितरण गर्ने तयारी थालेको छ ।
खानेपानीको श्रोतलाई संरक्षण गर्न वडाले ड्रम दिने तयारी थालेको हो । आर्थिक वर्ष २०७६/०७७ को ४ लाख ५ हजार बजेटबाट डूम बितरण गर्न लागिएको वडा सचिव टुका बरालले बताइन् । वडाको साविक ९ वटै टोलमा ७ वटाको दरले डूम बितरण गर्न लागिएको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । ५ सय लिटरको ४ हजार लिटर पानी अँट्ने क्षमताका ड्रम वितरण गर्न कार्यालयले शुक्रबार वडा भेलाको आयोजना गरेको थियो ।

पानी व्यवस्थापन गर्ने डूम खरिद गरी सकेकाले बितरण गर्ने तयारीमा रहेको अध्यक्ष लावतीले बताए । गाउँपालिकामा स्थानीयले प्लाष्टिक पोखरी, पोखरी र डूममा पानी सङकलन गरी प्रयोग गर्दै आएका छन । चालू आवमा ६३ वटा डूम बितरण गर्न लागेको हो ।