धनकुटा / उद्यमी किसान र बेरोजगार युवाहरुलाई बैज्ञानिक कृर्षि प्रणालीबाट तालिम दिन थालिएको छ ।
धनकुटाको पाख्रिवासमा ७ दिने आवसीय कृषि तालिम बिहीबारदेखि शुरु भएको हो । कृषि अनुसन्धान केन्द्र पाख्रिवास धनकुटाको आयोजनामा शुरु भएको तालिममा देशभरिबाट छनौट भएका १६ जना अलैची किसानहरु सहभागी छन् । तालिमको उद्घाटन संघिय संसद राजेन्द्र राईले गरे ।

संसद राईले परम्परागत निर्वाह मुखि खेति गरिरहेका किसानलाई उद्यमी बनाउने उद्येश्यले गरिएको यस्ता तालिमले किसानहरुलाई थप उत्साह मिल्ने र व्यवसायी बन्न प्रेरित गर्ने बताए । उनले नेपालबाट मात्र ४ अर्वको अलैचि निर्यात हुने हुदाँ अलैची किसानहरुलाई प्रोत्साहन गर्न सरकारले आवश्यक योजना ल्याउनुपर्नेमा जोड दिए ।

्पाख्रिवास नगरपालिकाका प्रमुख विर्षबहादुर राईले राज्यले अलैची किसानहरुको लागि स्पष्ट निति निमार्ण गर्नु पर्ने बताए । नेपाल कृषि अनुसन्धान परिसद् खुमलटारका बागवानी अधिकृत कुमारमणि दाहाल किसाहरुले उद्यमी बन्ने संकल्प गरेर अगाडी बढेमा सफल हुने हुदा उद्यमी बन्नेतर्फ किसान लाग्नु पर्नेमा जोड दिए । नेपालमा अहिले १२ हजार ५ सय ११ हेक्टरमा अलैचि खेति हुने तथ्यांक छ । तालिममा कृर्षि अनुसन्धान केन्द्र पाख्रिवासका बैज्ञानिक तथा तालिमका संयोजक डा. रमेशप्रसाद साहले सहजीकरण गरिरहेका छन् ।