विराटनगर/ सरकारले बाँड्ने कृषि अनुदान दुरूपयोग भएको भन्दै यहाँका उद्योगी व्यापारीलेहरूले किसानलाई परिचय कार्डमार्पmत् राज्यले अनुदान बाँड्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ १ नम्बर प्रदेशको आयोजनामा विराटनगरमा बुधबार भएको कृषि व्यवसायको प्रवद्र्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि अनुदानको दुरुपयोग भएकोले राज्यले किसान परिचय कार्डमार्फत् अनुदान वितरण गरिनुपर्ने बताए ।

कृषकको हातमा राज्यले बाँँडेको अनुदान पु¥याउने हो भने परिचय कार्डमार्फत् अनुदान वितरण गरिनुपर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि व्यवसायको प्रवद्र्धन गरी कृषिजन्य वस्तु निर्यातमा राज्यले सहज वातावरण बनाइदिनुपर्ने बताए ।

उनले चिया, अदुवा, सुपाडी, माछा, महलगायतका कृषिजन्य वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू गरिनुपर्ने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले सबैले स्वदेशी उत्पादनको खपत गरेर अगाडि बढ्नुपर्ने बताए ।