धरान । धरानमा हस्पिटालिटी तथा कन्जुमर सर्भिस मेनेजमेन्ट तालिम प्रदान गरिएको छ । जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज प्रालिले धरानको होटल गजुर प्यालेसमा तालिम दिएको हो ।

तालिममा ५० जना प्रशिक्षार्थी सहभागी थिए । मीठो परिकारसँगै ग्राहकप्रति गरिने व्यवहार कस्तो हुनुपर्ने भन्ने विषयमा जानकारी दिन तालिम गरिएको कन्सल्टेन्ट पिपुल मेनेजमेन्ट एण्ड विजनेज डेभलपमेन्टका विजय मानन्धरले बताए । हिमालयन ह्वाइट हाउस कलेजका प्रशिक्षक श्याम श्रेष्ठले आथित्य सत्कार नै होटल तथा रेस्टुराँका लागि महत्त्वपूर्ण विषय रहेको बताए । आयोजकका अनुसार यस्ता तालिम प्रदेश १ का विभिन्न शहरमा दिइरहेका छौ ।