धरान/ नेपालका लागि सुजुकी फोर ह्विलर तथा सिजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा मिनी एसयुभी एस–प्रेसो माई फस्र्ट एसयुभी सार्वजनिक गरेको छ ।
बोल्ड अनि पावरफुल एसयुभी लुक्सले गर्दा यो योङ एसयुभी अरुभन्दा भिन्न देखिन्छ । हार्टटेक्स प्लेटफर्मको पाँचौं पुस्तामा निर्माण भएको एस प्रेसोमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको कम्पनीको दाबी छ ।
१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको एस प्रेसो अब नेपालका सबै ३६ वटै सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री वितरण हुने दयाराम अटो वक्र्सका अध्यक्ष गोपाल आचार्यले बताए ।
यसबारे जानकारी दिन आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका सई होमप्रसाद खनालले नयाँ कार लञ्चको लागि शुभकामना व्यक्त गरे । उनले गाडीका शोरुमले ग्राहकहरूलाई ट्राफिक सचेतना र सडक सभ्यताको बारेमा जानकारी गराउनुपर्ने बताए ।