पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडाैकाे कमालदी पुगेर बहिनी शाेभा राज्य लक्ष्मी शाहबाट टिका लगाएका छन । मंगलबार साइतमा पुगेर टिका ग्रहण गरे ।

उनले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने पत्रकारहरूलाई बताएका छन् ।पूर्वराजा शाहले प्रगति र विकास कुनै पनि परिवर्तनपछिको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सो कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्ने गरी नभए परिवर्तनकर्ताहरु आफैं अप्ठयारोमा पर्ने चेतावनी दिए ।

पूर्व राजा शाहले तिहारकाे शुभकामना दिदै भने- "धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् ।"