धरान / नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन धरान उपमहानगर कमिटीले आज धरानमा रहेका सुरक्षा मजदुरहरुसहितको चियापान कार्यक्रम गरेको छ ।
दशैंको अवसर पारेर आयोजना गरिएको चियापान कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले मजदुरहरुको हक अधिकारबारे श्रम ऐनमा उल्लेख भएको कुराहरु सम्झाएका थिए ।
दशैको शुभकामना दिने क्रममा अध्यक्ष राईले आफ्नो हक अधिकार लडेर लिनुृ पर्ने कोही बञ्चित हुन परेर कम्पनिसँग आफ्नो कुरा दृढुताका साथ राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा उपस्थित सुरक्षा मजदुरहरुले सेक्युरिटी कम्पनिहरुले गरेको ठगीको विषयमा अवगत गराएका थिए । धरानमा मात्र १९ वटा कम्पनि मार्फत झण्डै ५ सय मजदुरहरु विभिन्न कार्यालयहरुको सुरक्षाका लागि खटेका छन् ।
कार्यक्रमा जिफन्टका धरान अध्यक्ष शम्सेर बर्देवा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव देवि भट्टराई, धरान नगर अध्यक्ष कमल भट्टराईलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम आयोजक कमिटीका अध्यक्ष गोपी योगीको अध्यक्षतामा भएको थियो ।