यासोक / पाँचथरको कुम्मायक गाउँपालिकाले बजारमा जथाभावी रुपमा राखेका सामाग्री हटाउँन निर्देशन दिएको छ ।
बजारको नाली र सडकमा राखिएका निर्माण समाग्रीले सवारी आवागमनमा समेत बाधा पु¥याएको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो ।

व्यवासायीले बजारको दायाँ बायाँ दुबै स्थानमा डूम, मोटरसाइकल, जस्ता सामाग्री राखेपछि गाउँपालिकाले यस्तो निर्देशन दिएको हो । ढल व्यवस्थापन गर्न निर्माण गरिएको नाली माथी नै व्यवसायीक प्रयोजनका सामाग्रीका राख्दा नागरिकलाई आवत जावत गर्नै मुस्कील पर्ने गरेको छ ।

गाउँपालिकाको कार्यालयले सुचना जारी गर्दै बजारको स्वरुपलाई कुरुप बनाउँने सामाग्री हटाउन एक दिनको म्याद दिएको छ । यदि त्यो समयमा नहटाए प्रशासनको सहयोगमा त्यस्ता सामाग्री जफत गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । यस अघि पनि गाउँपालिकाले पटक पटक सुचना जारी गर्दै आएको थियो ।

तर नियमनकारी निकाय मैन हुदा कार्यान्वयन पक्ष नै फितलो भएको छ । तर यस पटक भने गाउँपालिकाले असोज १७ गते शुक्रबारसम्मको म्याद दिदै तत्काल हटाउन भन्दै कडा रुपमा गाउँपालिका प्रस्तुत भएको हो ।