पाँचथर ( यासोक )। पाँचथरको कुम्मायक गाउँपालिकाले बजारमा भेटिएका अखाध्य वस्तु नष्ट्र गरेको छ । केही दिन देखि निरन्तर रुपमा बजार अनुगमन गरेको गाउँपालिकाले म्याद नाघेका बस्तु जफत गरेको थियो । व्यवसायीले बिक्रीका लागि राखेका खाध्यबस्तु र पेर्यपदार्थ शुक्रबार गाउँपालिकाको टोलिले नष्ट गरेको हो ।

टोलिले म्याद नाघेका खानेतेल, मधु, थुक्पा, चिउरा र मैदा गरी २३ हजार ५०० सय मुल्य पर्नेे खाद्यबस्तुहरु नियन्त्रणमा लिएको थियो । अनुगमन टोलिले जफत गरेको अखाध्य बस्तुलाई डम्पीङ साइटमा राखेर नष्ट्र गरेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कमलप्रसाद भटराइले बताए ।

बजार अनुगमन गर्ने जिम्मा पाएको गाउँपालिकाले निरन्तर रुपमा अनुगमनलाई जारी राख्ने बताएको छ । बजारमा व्यवसायीले म्याद नहेरी सामान खरिद गर्दा यसको प्रत्यक्ष असर उपभोत्तामा देखा परेको छ । खाद्यन्य र पेयपर्दाथ खरिद गर्दा उच्च सवधानी अपनाउँन गाउँपालिकाले उपभोत्तलाई सुझाव दिएको छ ।