मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकमा बिहिबार राती जंगली हात्तीले एकघरमा क्षती पुर्याएको । गए राती मिक्लजुङ ६ का यामनाथ निरौलाको घरको भित्ता फोडी घरभीत्र भएको समग्री, मकै, मकैको पिठो, भाँडा, चमल गरी करिब २५–३० हजार बढीएको क्षती पुर्याएको पिडित यामनाथ निरौलाले बताए ।
दुईवटाको समुहमा मध्यरात १२–१ बजेतीर आएका हात्तीहरुले आफ्नो अन्तपात नष्ट गरेको हेर्नु शिवबाय आफ्नु केही शिप नचेलको यामनाथले बताए ।
यानमनाथकोे घरमा क्षती पुर्याएपछी हात्ती पुर्व तर्फ लागेको बताईएको छ ।
मिक्लाजुङमा यस अघि पनि हात्तीले मिक्लाजुङ ७ की जानुका पौडेल, मिक्लाजुङ ९ का दिपक अधिकारी र मिक्लाजुङ ६ की थाममाया राईको घरमा क्षती पुर्याएको थियो ।