इटहरी / सुनसरीको दुहबीमा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुहबी–३ स्थित मैनावती फ्याक्ट्रीअगाडि स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जादै गरेको को.१ ख ११८८ नम्बरको मेरिल्याण्ड स्कुलको बसले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को.१३ प ४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

स्कुल बसको ठक्करबाट घाइते भएका दुहबी–४ का ३६ वर्षीय जयनारायण चौधरीको उपचारको क्रममा इटहरीस्थित एपेक्स हस्पिटलमा मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।