यासोक पाँचथर । पाँचथरको कुम्मायक ५ का इश्वर चेम्जोङलाई सयपत्री क्लब यासोकले राहत बितरण गरेको छ । ढाडको मेरुडढ भाचिएर उपचार अभाब भोग्दै आएका चेम्जोङलाई क्लबले राहत स्वरुप रकम बितरण गरेको हो ।
क्लबका अध्यक्ष सीव लावतीले पीडित परिवारलाई १० हजार नगत प्रदान गरेका छन । आर्थिक अवस्था कम्जोर भई उपचार अभाव झेल्दै आएका चेम्जोङलाई क्लबले रकम बितरण गरेको लावतीले बताए ।
भारतको कोइला खानीमा ज्याला मजदुरी गर्न गएका चेम्जोङ काम गर्दा गर्दै दृर्घटनामा परेका थिए । उनको उपचारको लागि परिवार र चन्दा संकलन गरि लाखैं रुपैयाँ खर्च भइसकेको छ ।
यस अघि पनि उनको सहयोगका लागि वडा कार्यालयले निशुल्क जस्तापाता बितरण गरेको थियो भने, स्थानीयले घर र खाने अन्नपात सहयोग गरेका थिए त्यस्तै वडासदस्यहरुले भत्ता बापत पाएको रकमबाट चामल दाहाल बितरण गरेका छन ।
चेम्जोङका एक श्रीमती दुई सन्तान छन । उनिहरुको लालन पालन गर्न समुदाय र बिभिन्न दाताहरुले निरन्तर सहयोग गर्दै आएका छन ।