कालाबञ्जार । थारु पत्रकार संघ नेपाल सुनसरीको दोस्रो अधिवेशनले सुनिल चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

सुनसरीको झुम्कामा मंगलबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा संजय चौधरी, सचिवमा हेमन्त चौधरी, होमकुमारी चौधरी, सहसचिवमा ललीता चौधरी, र कोषाध्यक्षमा होमकुमार चौधरी चयन भए । यसैगरी, सदस्यहरूमा सरोज चौधरी, स्वेता चौधरी, विनिता चौधरी निरज चौधरी रहेका छन् ।

नयाँ समिति चयन लगत्तै बसेको पहिलो बैठकले भदौं २० गतेदेखि चितवनमा हुने महाधिवेशनमा केन्द्रीय पार्षदमा प्रदीपकुमार चौधरी, गमन सिंह चौधरी र निशानकुमार चौधरीलाई पठाउने तयारी गरेको छ । त्यस्तै पर्यवेक्षकमा नवीनकुमार चौधरी र होमकुमारी चौधरीलाई पठाउने तयारी गरेको छ ।