एजेन्सी/ बलिउडका प्रेमजोडी रणवीर–आलियाको बिहेको तयारी भइरहेको खबर सार्वजनिक भएको छ ।

क्याट्रिनासँगको ब्रेकअपका कारण लामो समय तनावमा रहेका रणवीर अहिले आलियाको साथ पाएपछि निकै दङ्ग देखिन्छन् । उनीहरूको प्रेमले बलिउडमा खुबै चर्चा पाएको छ ।

भारतीय मिडियाहरूका अनुसार उनीहरूको बिहेका लागि दुवै परिवारको पारिवारिक सहमति भइसकेका छन् । दुवै जनाको परिवारले सामाजिक सञ्जालमा खुलेर एक–अर्काको तारिफ गर्ने गरेका छन् ।

समाचारअनुसार रणवीर–आलिया छिट्टै विवाह गर्ने अनि फिल्म ब्रह्मास्त्रको सुटिङ सकेपछि व्यक्तिगत पार्टी राख्ने बताइएको छ । दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।

आलिया–रणवीर यतिबेला अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा व्यस्त छन् । फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहेको छ ।