धरान । धरानको भानुचोकमा ‘द गुगल रेष्टुरेन्ट एन्ड बार’ शनिबारबाट सञ्चालनमा आएको छ ।
काठमाडौंका रेष्टुरेन्ट एन्ड बारमा एक दशक अनुभव बटुलेका वराहक्षेत्र नगरपालिका १ चावाचाका जगत दाहालले सञ्चालन गरेको रेष्टुरेन्टको होटल एशोसिएशन अफ धरानका अध्यक्ष सरोज भटराई, गायक एपी शेर्पा र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले रिबन काटेर उद्घाटन गरे ।
रेष्टुरेन्टका सञ्चालक जगतका बुवा डम्बर दाहाल र आमा भगवती दाहाल लगायतले केक काटेका थिए । भानुचोक स्थित अनलाइन कम्प्युटर नजिकै पहिला बेबिलोन कपडा पसल रहेको स्थानमा करिब १५ लाख खर्च गरेर सुरु गरिएको रेष्टुरेन्टमा पिज्जा, मम, चाउमिन लगायतका खाजा र मासुका आइटमसँगै अर्डर अनुसार सवै प्रकारका रेष्टुरेन्ट आइटम पाईने बताइएको छ । रेष्टुरेन्टसँगै बार आइटमहरु समेत उपलब्ध रहेको सञ्चालक दाहालले बताए ।
रेष्टुरेन्ट उद्घाटनपछि शुभकामना दिंदै होटल एशोशिएन अफ धरानका अध्यक्ष सरोज भटराईले पर्यटकीय क्षेत्रका रुपमा विकास भईरहेको धरानमा नयाँ रेष्टुरेन्ट, बार र होटलहरु खुल्नु खुसीको कुरा भएको बताए । यस्ता रेष्टुरेन्टहरुले पर्यटनको विकासमा सहयोग पुग्ने उनले बताए ।