भीम पौडेल पूर्वमा नचिनिएको नाम होइन । तीन दशक भन्दा बढिको व्यवसायी अनुभव बटुलेका इटहर िनिवासी पौडेल तीन कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको कार्यसमितिमा रहेर आफ्नो अव्वलता देखाइसकेका छन् । उद्योग बाणिज्य संघको भवन निर्माण तथा अनको सयममा भएको महोत्सवलाई सफल बनाउने उनले खेलेको भूमिकाले पनि उनलाई उचाईमा पु¥याएको छ । व्यवसायीहरुको हकहितका लागि उनको उल्लेख्य योगदानकै कारण आगामी असार १४ गते हुने संघको निर्वाचनमा अध्यक्षका लागि उनले उम्मेद्वारी दिएका छन् । यो उम्मेद्वारी उनको रहरको होइन । संघमा आवद्ध करिव ५ हजार व्यवसायीहरुको आग्रहमा भएको उनी बताउछन् । उनी व्यवसाय गरे आफु कमाएका मात्र छैनन्, दिनदुखीलाई सहयोग गर्छन् । सार्वजनिक स्थलमा भएका समस्या समाधान गर्छन् । कुनै सार्वजनिक भवन निर्माण, समाजिक समास्यामा उनको ठूलो योगदान हुने गरेको छ । अप्ठ्यारो अवस्थाको साथीको रुपमा पौडेलले प्रदेश १ मै पहिचान बनाएका छन् ।
सरकारले यति बेला ‘सम्वृद्ध नेपाल सुशी नेपाली’ भन्ने नारा घन्काएको छ । त्यो नारा पुरा गर्न मुलुकमा आथिृक सम्वृद्ध अपरिहार्य छ । उनी आथिृक सम्वृद्धिका लागि र सरकारको नारा साकार पार्न असार १४ गतेको निर्वाचनमा अध्यक्षको पदमा उम्मेद्वारी दिएका छन् । व्यवसायी हकहितका लागि उनले १० वटा संकल्प समेत गरेका छन् । उनले गरेका संकल्पका बारेमा ब्लाष्ट खवरले गरेको गरेको कुराकानी उनकै शब्दमाः

IMG20190618170338

समुन्नत इटहरी हुनु भनेको समुन्नत प्रदेश हुनु हो
मैले तीन दशक लामो व्यवसायिक जीवनमा तीन कार्यकाल उद्योग वाणिज्य संघमा रहेर कार्य गरिसकेको छु । मैले व्यापारी व्यवसायीको एजेण्डा लिएर हिंडेको छु । इटहरी प्रदेश १ का जंक्सन मात्र होइन । आर्थिक सम्वृद्धिको हव पनि हो । समुन्नत इटहरी हुनु भनेको समुन्नत प्रदेश हो भन्ने मैले बुझेको छु । त्यसका लागि मेरो उद्योग वाणिज्य संघमा उम्मेद्वारी हो ।

साना व्यवासयीको हकहित प्राथमिकता
निश्चय नै साना व्यवसायीहरु मारमा छन् । अनेक वहानामा आम्दानी भन्दा बढि कर तिनुृ परेको छ । उपमहानगरपालिकामा स्थानीय सरकारले कर बढाउँदा समेत वर्तमान उद्योग वाणिज्य संघको नेतृत्व मौन छ । हालको उद्योग वाणिज्य संघको नेतृत्व उपमहानगरपालिकाको राजश्व परामर्श समितिमा रहेता पनि कर समायोजनमा भूमीका व्यवसायी मैत्री नदेखिएको कुरा छर्लङ छ । इटहरीका व्यवासायीहरुको पक्षमा कर समायोजन गर्न मेरो पहल हुने छ ।

इतिहास हेरौ
म धेरै दुःख गरेर व्यवसायीमा लागेको मान्छे हो । ३ दशकको व्यवासायी यात्रा सुखद थिएन । एउटा सानो नून र ढुवानीको कारोबारबाट सुरु भएको व्यवसायिक यात्रामा धेरै आरोह अवरोह पार गर्दै आज हजार भन्दा माथीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु । मलाई मेहनत के हो, गरिबी के हो मैले राम्रोसँग बुझेको छु । हिजो पनि दैनिक १८ घण्टा मेहेनत गरेर दालभात खाएको मान्छे हो । केही गरौं, देश र व्यवासयीका लागि लागिपरौ भन्ने जोस जाँगर ममा मरेको छैन् । दैनिक ६ घण्टा संघको काम गरेर इटहरीलाई सम्वृद्ध शहर बनाउने मेरो रहर हो । र प्रतिवद्धता पनि हो ।
मेरो परिवार, छोराछोरी र श्रीमती केही सामान र सानो पूँजी लएर इटहरी छिरेको थिए । डेरामा बस्थ्ये । एउटा साइकल थियो । कुनै खिन्नताबोध नगरि मैले मेहनेत गरे । दुखमा आतिन सुखमा मातिन । एउटा कृषकको छोरा आज जुन हैसियतमा पुगेको छु त्यो सबै मेरा मेहनेत, सर्मपण र धैर्यताले नै हो ।
व्यवसायको महत्व मैले बुझेको छु् । धेरैपटक लडेर उठेको छु । आज पनि उत्तिकै संघर्ष गरिनै रहेको छु । त्यसैले मलाई लाग्छ म हरेक उद्योगी, व्यवसायी मित्रहरुको समस्याप्रति सजग र संवेदनसिल छु । र आगामी दिनमा हुने पनि छु ।

मेरा मुद्वा
यहाँ इच्छाहरु जगृत हुनु नराम्रो कुरो होइन । कुनै पनि संस्थामा नेतृत्व गर्न र पुग्नलाई धैर्य चाहिन्छ । परिस्थिती बुझेर अगाडी बढ्न सक्ने हुनुपर्छ । कार्ययोजना, सामुहिककार्य गर्ने सोंच र प्रतिवद्ध हुन आवश्यक छ । र ती सबै गुणहरु ममा भरपुर भएको यहाँहरुलाई अवगत गराउन चाहान्छु । नयाँ सोंच र नयाँ कार्यदिशाको साथ अघि बढ्दै उद्योगी व्यवसायी वस्तुगत संघ संस्थाहरुको सल्लाह र सहकार्यमा अगाडी बढ्नेछु । ममा निर्णय गर्ने क्षमता र सबैलाई समेटेर लैजाने ल्याकत छ । मेरा केही विशेष कार्ययोजनाहरु छन् । यी योजना मैले संकल्प पत्रको रुपमा प्रस्तुत गरि सकेको छु । हाम्रो पुरै टिमको परिचयसहितको संकल्पपत्रमा हामीले ४० वटा बुदालाई ५ वटा बर्गमा बिभाजीत गरेर प्रस्तुत गरेका छौ । संकल्पपत्रमा १० वटा बुदालाई प्राथमिकतामा राखीएको छ । कार्य सम्पादन र ब्यबसायीकता हाम्रो मुख्य प्राथमिकता हो । एक पटक अध्यान गरि दिनु हुन म सबै ब्यबसायीलाई अनुरोध पनि गर्न चाहन्छु । यसलाई पूरा गर्न म प्रतिवद्ध छु ।

bhim paudel

चुनावी १० संकल्पहरु
मैले एउटा संकल्प गरेको छु । अध्यक्षव वा पदाधिकारीमध्ये एक जना दैनिक ४ घण्टा कार्यलयमा रहि व्यवसायीको समस्या समाधानमा सहजीकरण गर्ने, इटहरीका व्यवसायीहरुको रु ५ लाख सम्मको निशुल्क विमा गर्न सहजिकरण गर्ने छु । इटहरीमा एउटा व्यवस्थित प्रदर्शनी स्थल र औधोगिक क्षेत्रको स्थापना गर्न विशेष पहल गर्ने छु । विज्ञ परामर्श दाताको व्यवस्था गरि इटहरीका सबै व्यवसायीहरुकालागि लेखा, कर कानुनी कुरामा निशुल्क परामर्श दिने व्यवस्था गर्ने छु । यस्तै इटहरी, प्रदेश नं १ को अत्याधिक यवसायीक कर लिने स्थानिय तहमा पर्दछ । व्यवसायीक कर व्यवहारिक बनाउन र घर वहालको विषयमा ऐन निर्माण गर्न पहल गर्ने छु । रोजगारी अभिवृद्धिको लागि हरेक वर्ष जब फेयर ( रोजगार मेला ) गर्ने । उद्योग–व्यापार वृद्धि विकसको लागी ट्रेड फेयर गर्ने छु महिला उद्यमीहरुको लागि महिला उद्यमशिलता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने छु । इटहरी अस्तव्यस्त शहर बनेको छ । असरल्लतार, अस्तव्यस्त सडक पेटी र दुर्गन्धित नालीलाई व्यवस्थापना गर्न स्थानीय सरकारसँग समन्वय गर्ने छु । इटहरीलाई सुन्दर पर्यटकीय शहर बनाउन सरोकारवालासँग सहकार्य गर्ने छु । व्यवस्थित शौचालय बनाउन स्थानीय सरकारसँग मेरो समन्वय हुने छ । हाल बन्दैं गरेको किमाथाङ्का जोगमनी सडकको व्यवस्थापनमा मेरो सकृयता हुने छ । व्यवसायिक ज्ञान आदान प्रदान गर्न देश विदेशमा व्यवासयीहरुको भ्रमणको लागि व्यवस्थापन गर्ने छु ।

IMG20190618155655