विराटनगर /  श्रम तथा रोजगार कार्यालय विराटनगरले ३८ थान राहदानीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको विमानस्थलबाट कुरियरमार्फत काठमाण्डौं पठाउने क्रममा सुरक्षा चेकजाँच गर्दा ३८ थान राहदानीसहित इटहरी उपमहानगरपालिका १२ का ४५ वर्षीय विनोद खवासलाई मोरङ प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पुष्पलाल चौधरीले इटहरी ७ मा संचालन गर्ने ट्रान्स इयर इन्टर नेशनल कुरियर सेन्टरमा काम गर्ने विनोदले काठमाण्डौस्थित क्हीक एक्सप्रेसलाई राहदानी पठाउने क्रममा विराटनगर विमानस्थलबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । बरामद गरेको राहदानी र पक्राउ परेका खवासलाई मोरङ प्रहरीले आवश्यक कारवाहीको लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाएको छ । उनी कामदार भएकाले राहदानी पाठाउने व्यक्तिको खोजी भइरहेका श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संन्जेल जानकारी दिए ।