Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

alt
  • जेठ ३१, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।

समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताए ।

उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करीब दुई हजार ५०० ले मात्र आवेदन दिएकामा अहिले भने त्यो सङ्ख्या वृद्धि भएको छ । “समितिले निर्देशन दिएको केही दिनसम्म आवेदन दिनेको सङ्ख्यामा कमी आएको थियो”, उनले भने, “तर अहिले भने पहिल्यैकै जस्तै आवेदन आउन थालेका छन् ।

आवेदन दिने समय सकिन थालेकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ ।” समितिले निर्देशन दिएको दिनसम्म करीब ५१ हजार ४६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न पाँच दिनमात्र बाँकी छँदा एक लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् । आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको उनको भनाइ रहेको छ ।

उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार २६७, जनजाति १३ हजार ७५१, मधेशी छ हजार ७३२, दलित ८४४, अपाङ्गता ५६ र पिछडिएका ३७ जना रहेका छन् । गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन माग गरेको छ ।

आवेदन फाराम भरेकामध्ये करीब ४० हजार ५०० ले दस्तुर बुझाएका छन् । एकैपटक धेरेको सङ्ख्यामा कर्मचारीको माग गरेकाले आयोगले करीब पाँचदेखि छ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो । उनले अझै केही दिन आवेदन दिने समय भएकाले सङ्ख्या वृद्धि हुनसक्ने बताए ।

समितिले मङ्गलबार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिनुए । अध्यक्ष बाहिर रहेको आयोगका पदाधिकारीको पूर्ण बैठक बस्न नसक्ने भएपछि समितिले पठाएको पत्रबारे निर्णय गर्न ढिलाइ हुने उनले बताए। 

सम्बन्धित समाचार
न्यायिक नेतृत्वमा सपना प्रधान मल्ल

विजयपुर । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाए ...

तलब नपाउँदा कामदार आन्दोलित, अरुण तेस्रोको काम ठप्प

विजयपुर । सङ्खुवासभामा निर्माणधीन नौ सय  मेगावाट क्षमताको अरुण तेस्रो ...

बर्डफ्लू सङ्क्रमणः सुनसरीमा १९ हजार कुखुरा नष्ट

विजयपुर । सुनसरीका विभिन्न स्थानीय तहका किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
न्यायिक नेतृत्वमा सपना प्रधान मल्ल
तलब नपाउँदा कामदार आन्दोलित, अरुण तेस्रोको काम ठप्प
बर्डफ्लू सङ्क्रमणः सुनसरीमा १९ हजार कुखुरा नष्ट
लागूऔषधसहित ९ जना पक्राउ
हङ्कङमा नाक्छोङ प्रदर्शन हुने
भदौ २३–२४ को आपराधिक कार्यमा संलग्न अझै पक्राउ परेनन्
धरानबाट भरुवा बन्दुक बरामद
सामसङको अफर योजना
बीपी प्रतिष्ठानलाई स्वार्थको केन्द्र नबनाऔँ
आजको राशिफलः २०८२ साल चैत १८ गते बुधबार
फागुन महिनाको उत्कृष्ट प्रहरी बिष्णुमाया
वरपीपल माविद्वारा सीमान्तकृत विद्यार्थीलाई साइकल वितरण
वैदेशिक कामदारको स्वास्थ्य परीक्षणः सरकारी अस्पतालबाट गर्न पाइने
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
धरान उपमहानगरद्वारा पशुपालकलाई घाँसको बिउ वितरण
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved