धरान/ मिस नेपाल–२०१८ की शृङ्खला खतिवडा सुजुकी स्कुटीको सद्भावना दूत बनेकी छन् ।
सुजुकीका लागि नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले बिक्री गर्दै आएको स्कुटर रेञ्ज (बर्गम्यान, एक्सेस र लेट्स) काको सद्भावना दूतमा अनुबन्धित बनेकी हुन् ।
छोटो समयमा ग्राहकको मन जित्न सफल बर्गम्यान र एक्सेस स्कुटर एक स्टाइलिस स्कुटर भएको कम्पनीको दाबी छ । १ सय २५ सिसीको पावरफुल इञ्जिनका साथै आकर्षक फिचर भएकाले ग्राहकहरूको मन जित्न सफल भएको छ ।
व्युटीविथ ब्रेनको अवधारणाअनुसार मिस नेपाल र सुजुकी स्कुटरको सहकार्य आउने वर्षमा अझ प्रगाढ हुने कम्पनीले विश्वास लिएको छ ।