इटहरी । गर्मीयाम बढेसँगै विद्युत अपडाउन हुदा सर्वसाधरणहरुले हैरानी बेर्होनु परेको छ । विजुली जादै आउँदै गर्दा सर्वसाधरणहरु समस्यामा परेका छन । तरहरा क्षेत्रमा पंखा चल्न पनि निकै गाह्रो हुन्छ । अपडाउनको समस्या सबैभन्दा बढी तरहरा क्षेत्रका उद्योगले झेल्नु परेको उद्योगीहरुले बताएका छन् ।
एकदमै कम भोल्टेज आउने र पटक–पटक अपडाउनको समस्याले गर्मीमा सबै भन्दा समस्या हुने गरेको इटहरी १९ की सविता राई बताउँछिन । उनी भन्छिन्–‘बेला बेला लाइन भए पनि वत्तीसम्म बल्न गाहे हुन्छ ।’–उनले भनिन् । लाइन जादै आउँने गरेको भन्दै केही दिन देखि समस्या बढे पनि विद्युत प्राधिकरण इटहरीले वास्ता नगरेको उनको आरोप थियो ।
इटहरी २० तरहरामा दोभान कम्युनिकेशन सञ्चालन गदँै आएका मदन बस्नेत भन्छन् –‘तरहरामा भोल्टेज छैन । लाइन पनि बेला बेला जाने र आउँने गर्दा ब्यवसायीहरुलाई समस्या भएको छ ।’ लामो समयदेखि लाइनको समस्या हुँदा पनि सामधानको बाटो नखोजिएको उनको भनाई थियो । ‘बिजुलीको विल बढेको बढ्यौ गर्छ , लाईन आउँदा मिटर घुम्दो रैछ ।’– बस्नेत भन्छन् ।
विगतमा २ हजार मासिक महसुल आउँथ्यो,ओभरलोडका कारण भोल्टेज तल माथि हुँदा हाल मासिक ४ हजार रुपैयाँभन्दा बढी महसुल आउने गरेको छ । डब्बल भन्दा बढि महसुल आउँने गरेको उनी बताउँछन ।
विगतका वर्षहरुमा जस्तो विद्युत आपूर्तिमा समस्या देखिएको छैन । तर लाइन आउँने जाने समस्या भने बढि रहेको इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठ बताउँछन । आपूर्तिमा देखिएको समस्या सुल्झिँदा भोल्टेजमा विगतको तुलनाभन्दा बढी समस्या देखिएको छ । पंखा घुम्छन् हावा दिँदैनन् । पंखाको घुमाई भनि साध्य छैन । बत्तिको महसुल बढाउन बाहेक अरु काम छैन ।
कम विद्युत भोल्टेजले एकातिर विद्युतिय उपकरण विग्रने समस्या छ भने अर्कातर्फ अत्याधिक गर्मीले सास्ती भोग्नुपर्ने अवस्था छ ।’–‘इटहरी २० कै ब्यावसायी कमल न्यौपाने भन्छन् ।
यता बिद्युत प्राधिकरण इटहरीका प्रमुख मिथिलेसकुमार गोहिबारले भने दिनमा ५ देखि ६ चोटी लाईन दुहवी ग्रेडमै काटिदै आएको बताए । पछिल्लो केहि दिन यता सामान्य समस्या आए पनि यसको हल गर्न आफु लागेको बताए । लाइन आउँदा जादा विल भने नबढ्ने उनको दाबी थियो । प्राधिकरणको समस्याको बारे भने आफुहरु गम्भिर रहेको जनाए ।
विद्युत प्राधिकरण इटहरीको चरम लापरवाही
विद्युतको समस्या बढ्रदै गए पनि इटहरीको विद्युत प्राधिकरण हेलचेक्राई गरीरहेको स्थानीयहरुले आरोप लगाएका छन । सामान्य समस्या भन्नलाई पनि प्राधिकरणको फोन सधै विजि हुने गरेको सर्वसाधरण बताउँछन । प्राधिकरणको ०२५५८०११२ नम्बरको फोन जति लगाए पनि रिसिभ नहुने गरेको सर्वसाधरण बताउँछन ।
विद्युत प्राधिकरणले ‘नो लाईट’ को जानकारी दिन ब्यवस्था गरेको टेलिफोन लाइन अधिकांश समय व्यस्त नै हुन्छ । जसका कारण सर्वसाधारणले विद्युत कतिखेर आउँछ भन्ने जानकारी पाउन सकिराखेका छैनन् भने गर्मीले आहत बनाइरहेको बेला छिनछिनमा विद्युत जाँदा सर्वसाधारणलाई सास्ती भोग्न परेकै छ । बत्ति जाने वित्तिकै प्राधिकरणका कर्मचारीले फोन होल्डमा राख्ने गरेको सर्वसाधारणहरुको आरोप छ ।