धरान । सुनसरी उद्योग वाणिज्य संघको आज सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउनुअघिसम्म अध्यक्षमा गिरिधारी सापकोटाले अग्रता कायमै गरेका छन् ।
१ हजार ६९ मत गणना गर्दा सापकोटाले ५७४ मत प्राप्त गरेका छन् भने प्रत्यासी विजय श्रेष्ठले ४९५ मत प्राप्त गरेका छन् । अब ३६५ मत गणना हुन बाँकी छ । कुल १४ सय ३४ मत खसेको थियो ।