धरान । सुनसरी उद्योग वाणिज्य संघको सोमबारको निर्वाचनमा एसोसिएटतर्फको तीन जना उम्मेदवार निर्वाचित भएका छन् ।
एसोसिएटमा ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । एसोसिएटमा राजेश गोयल, अनिल अग्रवाल र गोपाल श्रेष्ठ निर्वाचित भएका हुन् । किशन मास्के र राजु साह पराजित भएका छन् । गोयलले ६२ मत प्राप्त गर्दा अग्रवालले ४६ र श्रेष्ठले ५३ मत प्राप्त गरेका थिए । कुल मतदाता ८३ रहेकोमा ८० मतमात्रै खसेको थियो ।
यता उद्योगतर्फ ५९४ मध्ये ४५१ मतमात्रै खसेको थियो भने वाणिज्यमा कुल १०५५ मा ८८८ मतमात्रै खसेको निर्वाचन आयोगले जनाएको छ । वस्तुगतमा १६ मतमध्ये १५ मत खसेको थियो । वस्तुगतमा शिवराज श्रेष्ठ र रामस्वरुप शर्मा सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् । उद्योगतर्फ एलिना मगर पनि निर्विरोध निर्वाचित भएकी छन् भने वाणिज्यतर्फको महिलामा भिडन्त भएको छ । सापकोटा नेकपा निकट व्यवसायी हुन् भने श्रेष्ठ कांग्रेस निकट व्यवसायी हुन् ।