धरान / सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनको प्रारम्भीक मत गणना अनुसार अध्यक्ष पदमा गिरीधारी सापकोटाले अग्रता लिएका छन् ।
३ सय ९५ मत गन्दा सापकोटाको २०१ र अर्का अध्यक्ष पदका उम्मेद्वार विजय श्रेष्ठको १८९ मत खसेको छ ।
निर्वाचन उपसमितिका अनुसार अध्यक्षसहित वाणिज्यतर्फ ९ जना, उद्योगबाट ४ जना, एशोसियटतर्फ ३ जना वस्तुगततर्फ २ र मनोनित ४ गरी कुल २३ सदस्य कार्यसमितिमा रहनेछन् । सोही पदका लागि अध्यक्षमा २, वाणिज्यतर्फ १६ जना, वाणिज्य महिलातर्फ २ जना २, उद्योगबाट ८, एशोसियटबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।
वाणिज्यमा १ हजार ५५, उद्योगमा ५ सय ९४, एशोसियटतर्फ ८३ र वस्तुगत तर्फ १६ जना छन् । कुल १ हजार ७४८ सदस्य रहेको संघको निर्वाचनमा ५ सय सदस्यल ेभाग नलिएको बताइएको छ ।