धरान/इटालियन रेसिङ टेक्नोलोजीको अप्रिलिया स्ट्रोम बिहीबार धरानमा लञ्च गरेको छ ।
दुगड ब्रदर्स एण्ड सन्स प्रालिले नेपाली बजारमा १२५ सीसीको थ्रिभल्व इञ्जिन जडान भएको अप्रिलिया स्ट्रोम लञ्च गरिएको हो । म्याट रातो र पहेलो रङ्गमा भित्रिएको स्ट्रोम अनरोड र अफरोड दुवै बाटोका लागि उपयुक्त रहेको धरानका लागि अप्रिलियाको आधिकारिक बिक्रेता कुमार एण्ड सन्स अटो ट्रेडर्सका प्रबन्ध निर्देशक सुमन श्रेष्ठले जानकारी दिए । स्ट्रोममा १२ इञ्चको फराकिलो स्पोर्ट्स अलोय ह्वील भएको टायर रहेको छ ।
प्रालिका क्षेत्रीय प्रबन्धक राजकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक श्रेष्ठको आमा कल्पना श्रेष्ठलगायतले लञ्च गरे । स्ट्रोमको बजार मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । सन् १९४६ देखि स्थापित इटालियन कम्पनी भेस्पा र अप्रिलियाको बिक्री नेपालमा सन् २०१५ बाट शुरु भएको हो । क्षेत्रीय प्रबन्धक श्रेष्ठले स्ट्रोमले ग्राहकहरूको मनजित्नेमा विश्वास व्यक्त गरे ।